
गोदावारी नगरपालिका, ललितपुरमा स्थायी आठौ तह सिभिल इन्जिनियरका रूपमा कार्यरत इन्जिनियर मुकुन्द प्रसाद अगस्ती हालै नेपाल सरकारअन्तर्गत तृतीय श्रेणी (गजेटेड) स्यानिटरी इन्जिनियर पदमा नियुक्त भएका छन्। यो नियुक्ति उहाँको अथक मेहनत, धैर्य र निरन्तर लगनशीलताको परिणाम हो।
उहाँले गत वर्ष पनि लोकसेवा आयोगको तृतीय श्रेणी इन्जिनियरको लिखित परीक्षा पास गर्नुभएको थियो। तर यस वर्ष, उहाँले एकैसाथ दुईवटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुभयो—प्राविधिक सेवा तर्फ संघीय नियुक्ति र स्नातकोत्तर डिग्रीको सम्पन्नता।
तर यो कथा केवल व्यक्तिगत सफलताको सीमित घेराभित्र मात्र बन्द हुँदैन। इन्जिनियर अगस्तीको यात्रा आजका स्थानीय तहमा कार्यरत धेरै प्राविधिक कर्मचारीहरूको मौन संघर्षको प्रतिनिधि स्वर बनेको छ। स्थानीय तहमा पहिल्यै स्थायी भएर काम गरिरहेका एक सक्षम इन्जिनियरलाई संघीय तहमा त्यही श्रेणीको पदका लागि फेरि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आफैँमा व्यवस्थागत असमानताको प्रमाण हो।
उहाँको यो सफलता एक प्रेरणादायी उदाहरण त हो नै, साथै यसले यथास्थितिमा विद्यमान असन्तुलन, पहिचानको अभाव र नीतिगत पुनरावलोकनको खाँचोलाई पनि औँल्याएको छ।
इन्जिनियर अगस्तीलाई हार्दिक बधाई—यो जित पदको मात्रै होइन, आवाजको पनि हो।

हार्दिक बधाई मुकुन्द सर !! उत्तराेत्तर प्रगतिकाे शुभकामना !! एकै तह र श्रेणीमा स्थानीय र संघीयकाे विभेदलाई चिरेर पुन : आफूलाई साक्षताकार सावित गर्नु भएकाे छ । संघीय सरकारलाई शालिन सन्देश हाे भन्ने लाग्छ । तर यहाँ यस्ताे गाम्भिर्यता हेर्ने परिपाठी नै कहाँ छ र ?