युनाइटेड टेक क्लबको आयोजनामा सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरूका लागि आयोजित SketchUp तालिम दुई दिनसम्म सफलता पूर्वक सम्पन्न भएको छ। तालिममा विद्यार्थीहरूको सक्रिय सहभागिता, प्रशिक्षकहरूको अनुभवसहितको प्रशिक्षण र आयोजकको समन्वयले कार्यक्रमलाई उपलब्धिमूलक बनाएको आयोजकले जनाएका छन्।

तालिममा SketchUp को आधारभूत प्रयोगदेखि डिजाइन अभ्यास सम्मका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो। सहभागी विद्यार्थीहरूमा डिजाईनप्रतिको रुचि, प्राविधिक सिप र आत्मविश्वास झल्किएको देखिएको थियो।

कार्यक्रमका संयोजकले भने, “हाम्रो उद्देश्य विद्यार्थीहरूमा टेक्निकल टुल्सप्रति दक्षता बढाउने हो, जुन तालिममार्फत् देखियो।”
तालिमपछि सहभागीहरूले यस्ता कार्यक्रम अझ निरन्तर हुनुपर्ने माग राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्