बागबजार विश्वविद्यालय: अनौपचारिक तर सर्वाधिक व्यस्त ‘शैक्षिक थलो’

काठमाडौं, बागबजार – नेपालमा विश्वविद्यालयहरूको संख्या बढ्दो क्रममा रहेको बेला राजधानीको मुटुमा रहेको बागबजारले आफूलाई अनौपचारिक विश्वविद्यालयको रूपमा स्थापित गर्न सफल भएको छ।

विदेश जाने सपना बोकेका, लोकसेवा तयारीमा होमिएका, इन्जिनियरिङ इन्ट्रेन्स लड्न बसेका वा ‘के गर्ने होला’ भन्ने अन्यौलमा रहेका युवायुवतीहरूका लागि बागबजार एउटा साझा गन्तव्य बनेको छ। यहाँ ट्युसन सेन्टर, पुस्तक पसल, चिया क्याफे, फोटोकपी सप, र होस्टलहरूमार्फत सयौँ विद्यार्थीहरूको ‘शैक्षिक यात्रा’ सुरु हुन्छ।

हामी कलेज पढ्न कता जान्छौं, त्यो त डिग्री अनुसार हो, तर बागबजार पढ्न नआइ नहुने अनिवार्य केन्द्र हो,”एक विद्यार्थीले हाँस्दै बताए।

यहाँ पढाइने प्रमुख ‘पाठ्यक्रमहरू’मा लोकसेवा तयारी, स्कलरशिप आवेदन, IELTS/TOEFL, इन्जिनियरिङ तथा मेडिकल इन्ट्रेन्स तयारी लगायतका ‘बहु विषयहरू’ पर्दछन्।

विशेषगरी इन्जिनियरहरूका लागि बागबजार विश्वविद्यालयलाई Bridge Semester को रूपमा समेत हेरिन्छ। खासगरी पुल्चोक र थापाथली क्याम्पसबीचको खाली समय बागबजारमा नै बित्ने चलन छ।

विद्यार्थीहरू भन्छन्:
“UGC ले मान्यता नदिए पनि, जिन्दगीले यहीँबाट सिकाएको पाठ सबभन्दा गहिरो हुन्छ।”
“बागबजार नघुमी कोही न जागिर खान्थ्यो, न विदेश जान्थ्यो!”

यहाँको ‘एकेडेमिक वातावरण’, भिडभाड, नोट्स साटासाट र ‘क्याम्पस जस्तो’ जीवनशैलीले बागबजारलाई साँच्चिकै विश्वविद्यालयकै आकृति दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्