काठमाडौं – इन्जिनियरिङ क्षेत्रमै सक्रिय ई. सुजन रेग्मीको रचनामा आधारित “गोरखा सिरानचोक केराबारीमा” बोलको गीत सार्वजनिक भएको छ। प्रविधिमा व्यस्त जीवन बिताइरहेका रेग्मीले शब्दमार्फत गोरखा जिल्लाको सांस्कृतिक र भावनात्मक पक्ष उजागर गरेका छन्।

गोरखा केराबारी काठमाडौं सम्पर्क समाजको प्रस्तुति रहेको गीतमा संगीत बि.बि. अनुरागीको रहेको छ भने स्वर चिज गुरुङ र शान्ति श्री परियारको छ। भिडियो दिप गुरुङले निर्देशन गरेका हुन्।

समाजको सक्रियतामा गीतको छायांकन केराबारीमै गरिएको हो। ‘इन्जिनियरले सिर्जना गर्न सक्ने दायरा शब्द र संगीतसम्म फैलिन सक्छ’ भन्ने उदाहरण बनेका छन् रेग्मी।

भिडीयो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्