
मिति २०८२ जेठ ११ गते मध्यपश्चिम विश्वविद्यालय, ग्राजुएट स्कूल अफ इञ्जिनियरिङ, सिभिल इञ्जिनियरिङ विभागको आयोजनामा ‘शेपिङ टुमरो’स इन्फ्रास्ट्रक्चर: टेक्नोलोजी, सस्टेनेबिलिटी एण्ड एजुकेशन’ विषयक एक दिवसीय कार्यशाला सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा ग्राजुएट स्कूल अफ इञ्जिनियरिङका डिन सह-प्रा. डा. राजन सुवालज्यूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख ई. गोविन्द खत्रीज्यूले गर्नुभएको थियो। कार्यक्रममा विश्वविद्यालयका विभागीय प्रमुख, संयोजक, प्राध्यापक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विशेष अतिथिको रूपमा भारतको प्रतिष्ठित शिक्षण संस्था आईआईटी कानपुरका प्राध्यापक तथा विज्ञहरू डा. चिराग कोठारी, डा. प्रविन कुमार आशिस र डा. चुनेंद्र के. साहुको सहभागिता रहेको थियो । उहाँहरूले निर्माण र सिभिल इञ्जिनियरिङ सम्बन्धी विविध विषयमा प्रस्तुति दिएर सहभागीहरूलाई प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दिगोपनसम्बन्धी नवीनतम जानकारी तथा अनुभवहरू प्रदान गर्नु भएको थियो ।
