आयोजनाले भन्यो – काम तीव्र गतिमा अगाडि बढ्दै

नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनाले हालसम्मको प्रगति सार्वजनिक गर्दै कुल ८२ प्रतिशत भागमा नयाँ कालोपत्र सडक हुँदै यात्रा गर्न सकिने अवस्थामा पु‍गेको जानकारी दिएको छ। यस आयोजनाको कुल भौतिक प्रगति ६४ प्रतिशत पुगेको छ भने हालैका महिनामा कामको गति उल्लेख्य रूपमा तीव्र भएको देखिएको छ।

आयोजनाका अनुसार अप्रिल २०२५ मा मात्र ३.६३ प्रतिशत भौतिक प्रगति भएको छ, जुन सुरु भएयताकै उच्च दर हो। आयोजनाले मे २०२५ मा यो प्रगतिको रेकर्डसमेत तोड्ने लक्ष्य लिएको छ।

सडकको निर्माण कार्यलाई गति दिनका लागि हाल रातिको समयमा यातायात सञ्चालन रोकेर काम गरिँदै आएको छ। रातको समयमा सवारी अवरुद्ध गरी निर्माण कार्यलाई निर्बाध बनाइएको र निर्माण व्यवसायी, प्राविधिक तथा मजदुरहरू दिनरात एक गरेर काममा खटिएको आयोजनाले जनाएको छ।

यो आयोजनाले पूर्व–पश्चिम राजमार्गको महत्वपूर्ण खण्डलाई स्तरीय, फराकिलो तथा सुरक्षित बनाउने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि यो सडकखण्डले नेपाल–भारत सीमाना जोड्ने, देशको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गको रुपमा झन प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

तर, स्थानीय बासिन्दा र यात्रुहरूले भने निर्माण कार्यको ढिलाइ, वैकल्पिक सडकको अभाव, र समय–समयमा हुने ट्राफिक अवरोधका कारण केही कठिनाइ भोग्नुपरेको गुनासो पनि गरेका छन्। यद्यपि, आयोजनाले आगामी महिनाहरूमा काम अझ तीव्र पारिने र निर्धारित समयसीमा भित्रै सडक सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरेको छ।

यस खण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य सम्पन्न भएपछि न केवल पूर्व–पश्चिम यात्रा सहज हुनेछ, तर व्यापारिक गतिशीलता, पर्यटकीय आवागमन र आपतकालीन सेवाहरूमा समेत उल्लेखनीय सुधार आउने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्