लेखक: राजकुमार अधिकारी

नेपालका ७५३ वटै स्थानीय तहहरू फेरि नयाँ नेतृत्वको प्रतीक्षामा छन्। पाँच वर्षे कार्यकाल पूरा गर्न लागेको अहिलेको जनप्रतिनिधि पुस्तापछि अब फेरि जनताले मतदानमार्फत नेतृत्व चयन गर्नेछन्। यस अवसरलाई हेर्दा एउटा प्रश्न बलियोसँग उठ्न थालेको छ—अब नेतृत्वमा इन्जिनियरहरू किन नहुने? वर्षौंसम्म हामी इन्जिनियरहरूले केवल “काम गर्ने” भूमिकामा सीमित रहेर प्राविधिक क्षमता देखाउँदै आयौं। तर देशको वर्तमान अवस्था हेर्दा, अब समय आइसकेको छ — हामी आफैंले नेतृत्व गर्ने, नीति बनाउने, र समाधानको बाटो खोल्ने।

इन्जिनियरले नेतृत्व किन गर्नु पर्छ?

इन्जिनियरको भूमिकालाई धेरैले केवल भवन, पुल, बाटो वा नक्सा बनाउने सीमित क्षमतामा हेर्ने गर्छन्। तर वास्तविकता के हो भने, इन्जिनियर भनेको प्रणाली सोच्ने, समस्या विश्लेषण गर्ने, समाधान सिर्जना गर्ने, र प्रविधिमा आधारित कार्यान्वयन गर्न सक्ने निर्णयकर्ता हो।

इन्जिनियरहरूसँग के हुन्छ:

  • Critical Thinking – जटिल समस्याको गहिरो विश्लेषण र बहुआयामिक समाधान क्षमता

  • Design & Development Expertise – योजना, स्रोत, स्थान र समयलाई मिलाएर दिगो संरचना निर्माण गर्ने अनुभव

  • Construction Practicality – जमिनमा योजनाको सफल कार्यान्वयन सुनिश्चित गर्ने सीप

  • Technological Integration – स्मार्ट प्लानिङ, डिजिटल म्यापिङ, BIM, GIS, इ-गभर्नेन्स जस्ता प्रविधिको प्रयोग र नेतृत्व क्षमता

नेपालको पूर्वाधार विकासको अबको युग “डिजिटल ट्रान्सफर्मेसन र दिगोपन” को युग हो। यस्तो युगमा इन्जिनियरहरूको भूमिका केवल सहायक हैन, केंद्रीय हुनुपर्छ।

स्थानीय सरकारमा इन्जिनियरको उपस्थिति किन आवश्यक छ?

स्थानीय तहहरू देशको आधारशिला हुन्। स्वास्थ्य, शिक्षा, खानेपानी, बाटो, ढल, नक्सा, भवन निर्माण, सडक बत्ती, डिजिटल सेवा—यी सबै क्षेत्रमा इन्जिनियरको प्रत्यक्ष सम्बन्ध हुन्छ। तर योजना निर्माण र बजेट विनियोजनमा जब इन्जिनियरहरू नै नभएर “प्राविधिक कुरा नबुझ्ने” नेतृत्व हुन्छ, तब लाखौंको योजना विफल हुन्छ।

यदि हामी नेतृत्वमा पुग्यौं भने:

  • बजेट योजना यथार्थपरक र इन्क्लुसिभ हुनेछ

  • युवा प्राविधिकहरूलाई स्थानीय रोजगारी सिर्जना हुनेछ

  • स्मार्ट सिटी, हरित पूर्वाधार, पुनर्नवीकरणीय ऊर्जा जस्ता नवप्रवर्तनलाई प्राथमिकता दिइनेछ

  • सामुदायिक संलग्नता र पारदर्शिता सुनिश्चित हुनेछ

अब जागिर खोज्ने होइन, रोजगारी दिने इन्जिनियर बन्ने समय हो

अहिलेको अवस्था यस्तो छ—डिग्री सकिएपछि हजारौं इन्जिनियरहरू ४५ दिनको कामका लागि ३,०००+ भीडमा भिडिरहेका छन्। यो स्थिति बदल्न नेतृत्वमा सोच परिवर्तन आवश्यक छ।

हामीले अब “सरकारी जागिर खोज्ने सोच” बाट बाहिर निस्कनु पर्छ। हामीले नेतृत्व गरेर नयाँ इन्जिनियरहरूलाई अवसर दिनुपर्ने हो। हाम्रो समाज, हाम्रो गाउँ, हाम्रो नगरपालिका, हाम्रो प्रदेश—सबैलाई अब प्रविधि बुझ्ने, जिम्मेवार र योजनामा आधारित नेतृत्व चाहिएको छ।

समाज बुझ्ने, समस्या सुन्ने, र समाधान दिने इन्जिनियरहरू अब अगाडि आउनुपर्छ

हामी केवल कन्क्रिटको संरचना बनाउने हैनौं। हामीले समाजका टुक्रिएका विश्वास, बाढीले बगाएका सपना, र भ्रष्ट निर्णय प्रणालीको पुनर्निर्माण गर्न सक्छौं। हामीसँग त्यो सोच, योजना बनाउने दृष्टिकोण र कार्यान्वयनको शक्ति छ।

हाम्रो अनुभव, हाम्रो इमान, र हाम्रो सीप देश निर्माणमा अब केन्द्रमा आउनुपर्छ।

निष्कर्ष: अब नेतृत्वको जिम्मेवारी तपाईँको हो

७५३ वटा पालिकाहरू फेरि निर्णयको मोडमा छन्। पुराना अनुहारहरूले देखाएको परिणाम सबैको सामु छ। अब नयाँ सोच, नयाँ नेतृत्व र प्रविधिमा आधारित राष्ट्रिय पुनर्निर्माण आवश्यक छ।

यदि तपाईं इन्जिनियर हुनुहुन्छ,
यदि तपाईंले जागिरको सट्टा समाधान दिन सक्ने सोच राख्नुहुन्छ,
यदि तपाईं आफ्नो ठाउँको समस्या बुझ्नुहुन्छ,

अब समय हो—उठ्नुस्, उम्मेदवार बन्नुस्, नेतृत्व गरौं।

तपाईंको ठाउँ तपाईंको नेतृत्व खोज्दैछ। हामी तपाईंको साथमा छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0
+1
1

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्